‘बागी २’ मा ज्याकलिन माधुरी बन्ने !

  • 989
  •  
  •  
  •  
  •  
    989
    Shares

काठमाडौं, २८ माघ । बलिउड स्टार टाइगर श्राफ र दिशा पटानीको फिल्म ‘बागी २’ मा ९० को दशकको हिट गीत राखिने भएको छ । यो फिल्ममा ‘तेजाब’ गीत ‘एक दो तीन’ राखिने भएको छ ।

यो फिल्ममा माधुरी दीक्षित देखिएकी छन् । तर ‘बागी २’ मा भने माधुरी देखिनेछैनन् । उनको ठाँउमा ज्याकलि फर्नान्डेज देखिने भएकी छन् । गीतको अहिले सुटिङ भइरहेको छ ।

गणेश आचार्य र अहमद खानले मिलेर गीतको कोरियोग्राफी गरिरहेका छन् । यो फिल्म २०१६ मा आएको फिल्म ‘बागी’ को सिक्वेल हो । फिल्ममा टाइगरको साथमा अभिनेत्री श्रदा कपुर मुख्य भूमिकामा थिइन् ।

यसअघि फिलम बागीको निर्देशन शब्बीर खानले गरेका थिए । तर यो फिल्म अहमद खानले निर्देशन गरिरहेका छन् । खबरका अनुसार बागी २ सन् २०१८ को मार्च ३० मा रिलिज हुनेछ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

99 ÷ 33 =