महोत्तरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • 31
  •  
  •  
  •  
  •  
    31
    Shares

महोत्तरी, २७ माघ । महोत्तरीमा आज भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उखु राखेर रामनगरस्थित चिनी मिलमा आएको ज १ त ३७१६ नं को ट्र्याक्टर गौशाला नगरपालिका–१ रामनगरमा दुर्घटना हुँदा चालक सर्लाही चन्द्रनगर–३ का २५ वर्षीय पुनित महतोको मृत्यु भएको छ ।

यस्तै लोहरपाटीमा ज १ त ७६७० नं को ट्र्याक्टरको ठक्करबाट दुई वर्षीय कासिम महमदको मृत्यु भएको छ । भारतको उत्तरप्रदेश घर भई हाल लोहारपटी–४ महदैयास्थित इँटाभट्टामा काम गर्दै आएका ननो महमदका दुई वर्षीय छोराको ट्र्याक्टरको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 7 = 63