अचानक फड्को हान्दा बेहाल हुनुपर्ने प्रचण्डलाई एमाले सचिव योगेश भट्टराईको चेतावनी

  • 465
  •  
  •  
  •  
  •  
    465
    Shares

काठमाडौं, २८ माघ । एमाले सचिव योगेश भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार चितवनमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनले अचानक फड्को हान्दा बीचैमा खसेर बेहाल हुनुपर्ने चेतावनी पनि दिएका छन् ।

‘अचानक फड्को हान्दा बीचैमा खसेर बेहाल पनि त हुन सकिन्छ नि कि कसो कमरेड ? फड्को, छलाङ, क्रमभंग, महाबिपत्ति जस्ता शब्दहरू उपन्यासकारतिर पन्छाइदिए राम्रो होला कि ?’ योगेशले ट्विटरमा लेखेका छन् ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको विषय अगाडि नबढेपछि प्रचण्डले चितवनमा आयोजित एक कार्यक्रममा अहिले आफू जहाँ छु, देशको विकास र समृद्धिका लागि फड्को हान्न सक्ने बताएका थिए । उनको सो अभिव्यक्तिले एमाले ८ रेक्टर स्केलको भूकम्प गएको छ । प्रचण्डको सो भनाइपछि एमाले अध्यक्ष केपी ओलीले पार्टीका शीर्ष नेताको बैठक राखेका थिए ।

आफ्नो निवास बालकोटमा झलनाथ खनाल, माधवकुमार नेपाल, ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङसहितको बैठकमा ओलीले प्रचण्डले अध्यक्षबाहेक अरुमा त्यति रुचि नदेखाएकाले लामो लामो छलफलले पनि प्रगति लिन नसकेको ‘ब्रिफिङ’ गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *