यसरी लगाउनु होस् ड्रेसअनुसार कानमा गहना

  • 152
  •  
  •  
  •  
  •  
    152
    Shares

ड्रेसअपअनुसार महिलाका लागि कानमा लगाउने विभिन्न गहना पाइन्छ । तर, सबै ड्रेसअपमा सबै गहना सुहाउँदैन । ड्रेसअपअनुसार कसरी रोज्ने कानको गहना ?

० साडी र लेहेंगामा बढी लगाउने र सुहाउने विभिन्न डिजाइनका टप नै हुन् । नेपाली महिलाका कानमा इन्डियन लुक नै चलेको देखिन्छ । साडी र लेहेंगामा सुन र हिराका भन्दा मोतीको टप बढी म्याच गर्छ । घाँटी छोटो र कान सानो भएकाले सानो टप लगाउँदा राम्रो देखिन्छ भने अनुहार सानो हुनेले ठूलो साइजको टप लगाउनुहोला । गला खुलेको ड्रेसअप छ भने ठूलै टप सुहाउँछ ।

०  टिसर्ट–पाइन्ट र फर्मल ड्रेसमा सकेसम्म सानो साइजको टप लगाउँदा नै राम्रो हुन्छ । टाढैबाट हेर्दा कानमा लगाएको गहना झट्ट नदेखियोस् । फर्मल र क्याजुअल ड्रेस लगाउँदा अरूको नजर सीधै कानमा फोकस हुनु फेसनको दृष्टिकोणले ठीक होइन । त्यसैले सुन, हिरा, मोतीका टप पनि नलगाउनुहोला । टिसर्ट–पाइन्टमा मोतीको सानो टप भने राम्रो देखिन्छ । फर्मलभन्दा क्याजुअलमा थोरै ठूलो भने लगाउन सकिन्छ ।

०  कुर्ताको गला ओपन छ भने ठूलो झुम्का लगाउँदा राम्रो देखिन्छ । लामो घाँटी छ र गला धेरै ओपन छ भने लामो साइजको झुन्डिएको झुम्का कुर्तामा बेस्ट देखिन्छ । सानो घाँटी छ भने चिउँडोसम्मको लेभलमा आउने लगाउँदा सुहाउँछ ।

०  कानमा रिङ पनि सुहाउने गहना हो । विभिन्न प्रकारका रिङ बजारमा पाइन्छन् । रिङ लगाउँदा महिलाले आफ्नो फेसअनुसार रोज्नुपर्छ । सानो अनुहार भएकाले ठूलो र ठूलो अनुहार भएकाले सानो रिङ लगाउनुपर्छ । सानो रिङले ठूलो अनुहार भएकालाई क्युट देखाइदिन्छ । ठूलो अनुहारमा ठूलै रिङले अनुहार झन् भद्दा देखाउँछ । सानो अनुहार भएकाले ठूलो रिङ लगाउँदा भने अनुहार हल्का ठूलो देखिएर राम्रो लुक दिन्छ ।

० लामो घाँटी भएकालाई लामै झुम्का सुहाउँछ । नेपालमा गोल्डेन झुम्का अहिले धेरै चलेको छ । फूलको डिजाइन भएका झुम्का धेरै रुचाइएको पाइन्छ । धेरै स्टोन पनि हुने भएकाले झुम्काले अकर्षण दिन्छ । ड्रेस कलरअनुसार स्टोन कलर चुज गरेर लगाउँदा बेस्ट देखिन्छ । साडी, लेहेंगा र कुर्तामा झुम्का बढी म्याच गर्छ । मोतीको झुम्का त सबैलाई म्याच गर्छ । नयाँ पत्रिकाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 9