प्रियंका चोपडाको ब्रेकअप, को सँग थियो रिलेशन ?

  • 1.1K
  •  
  •  
  •  
  •  
    1.1K
    Shares

काठमाडौं, २८ माघ । बलिउड अभिनेत्री प्रियंका चोपडा अहिले हलिउडमा व्यस्त छिन् । उनको प्रेम सम्बन्ध, विवाहको विषयमा सँधै चर्चा हुने गरेको छ । विगतमा उनको नाम बलिउडका कलाकार अक्षय कुमारदेखि लिएर शाहरुख खानसम्म जोडिइसकेको छ । प्रेमको बारेमा खुलेर कुरा नगर्ने प्रियंकाले यसपटक बने आफ्नो ब्रेकअप प्रेमबारे मुख खोलेकी छन्।

उनले ब्रेकअपसँगै आफ्नो विवाहको विषयलाई पनि व्यक्त गरेकी छन् । जिन्दगीमा एकपटक मात्र विवाह गर्ने कुरामा आफुले विश्वास गर्ने गरेको उनले बताएकी छन् ।

आफु एउटा गहिरो सम्बन्धमा भएको तर एक वर्षयता चाहिँ सिंगल रहेको उनले बताएकी छन् । ‘मैले कैयौं व्यक्तिलाई भेटेकी छु र कैयौं व्यक्तिसँग ह्याङआउट पनि गरेकी छु । मानिसहरुले मलाई प्रभावित पारुन् भनेर म मौका दिन्छु । तर अहिलेसम्म मलाई सम्झिने कोही पनि आएनन्,’ उनले भनेकी छन् ।

उनले आफूसँग राम्रा पुरुष भएर पनि डेट गर्ने मुडमा नरहेको उनले खुलाएकी छन् । ‘मसँग राम्रो केटा पनि छन् । तर म कसैसँग डेटको मुडमा छैन,’ उनले भनेकी छन्, ‘म फेरी मेरो भाग्यको परीक्षा गर्न चाहन्नँ । म धेरै लामो समयपछि सिंगल भएकी हुँ,’ उनले भनेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × = 18