स्वास्थ्य क्षेत्रमा शुद्धीकरणको माग के गरेको थिएँ, मलाई अपराधी र हत्यारा भनियो

  • 811
  •  
  •  
  •  
  •  
    811
    Shares

हो, म एक डाक्टर ! डाक्टर हुनु मेरो अपराध थियो ! म मेरो बुवालाई सडक छेउको अस्थायी टहरामुनि छाडेर गोरखाको भुइँचालो पीडितलाई उद्धार गर्न गएँ । मेरो सपरिवार ममा पूर्ण निर्भर गर्थे, र पनि तिनलाई एक्लै छाडेर म हजारौं अन्य बुवाहरूलाई सहयोग गर्न हिँडे, जसका छोराहरू म जस्ता डाक्टर थिएनन् ।

हो, म डाक्टर हुँं । तर यो पेसा मलाई एक अपराध जस्तै लाग्न थालेको छ । कसैले कल्पना पनि गर्न सक्दिनँ, म कसरी डाक्टर बन्न पुगें । अपराधी डाक्टर ! स्कुलमा मेरा साथीहरू खेलिरहँदा म दिनरात लगाएर पढिरहन्थें । अन्य साथीहरूले कलेज जीवनमा रमाइलो गरिरहँदा म मेरो अध्ययनमा घोटिरहन्थेँ । मेरा सहपाठीहरू आनन्दको जिन्दगी बिताइरहँदा र प्रेमिकासँग हाँसखेल गर्दैगर्दा म सप्तान्तमा पनि पढाइमा जोतीरहन्थेँ ।

डाक्टर अध्ययनको लागि म योग्य ठहरिन मैले दशौं हजार अन्य विद्यार्थीहरूसँग कडा प्रतिस्पर्धा गर्नु प¥यो । संसारकै सम्भवत सबैभन्दा कठिन विषयहरूमा ६ वर्ष निरन्तर गहन अध्ययन गरेपश्चात म डाक्टर बनेँ । म रोगग्रस्त मानिसको पीडामा मलम लगाउँदै हप्तामा ९० घन्टा काम गर्छु । कहिलेकाहीँ त बिहानै ४ बजे मेरो ड्युटी सुरु हुन्छ, जबकि बिरामीका आफन्त मस्त निद्रामा सुतिरहेका बेला ।

दशैँ, इद, क्रिस्मसजस्ता चाडपर्वहरू, के हिउँद के बर्खा, सप्तान्तमा पनि म अनिदो बस्दै रोगीहरूको सेवामा खटिइरहन्छु । मेरा घरपरिवार के गरिरहेका हुन्छन्, मलाई फुर्सद हुँदैन सोच्ने । मेरा बिमारीहरू वार्ड, ईआर र आइसियुमा के गर्दै होलान् भनेर सधैं चिन्तित हुन्छु । तिमी भने सोच्छौ होला म जस्तो तिम्रो छोरो होस् र तिम्रो छोरीले म जस्तोसँग विवाह गरोस् ।

तिमीलाई थाहा छ कि छैन ? डाक्टर हुन मैले के कति खर्चें ? ती परिश्रम र अनिद्राका दिनहरू मात्रै होइनन्, मैले मेरो सम्पूर्ण अमूल्य युवावस्था नै सुम्पें, सेतो कोट पहिरन र स्टेस्थोकोप घाँटीमा भिर्न । यति गरेर पनि अन्त्यमा मैले के पाएँ त ? अपराधी र हत्यारा को बिल्ला ! मैले मेरो पेसामा शुद्धीकरणको माग के गरेको थिएँ, मलाई अपराधी र हत्यारा भनियो । म अहिले आमसञ्चारद्वारा बन्धित र पीडित बनाइएको छु । हो म मान्छु, म अति शिक्षित र सभ्य अपराधी ! जसले गैरकानुनी तरिकाले चल्ने राष्ट्रलाई डाक्टरी पेसामा सही प्रणालीको व्यवस्था हुनुपर्छ भनेर माग राख्यो ।

अँ, म डाक्टर ! डाक्टरहरू अमर रहून् !

– डा. दिल्जान मन्सुर (डा.कर्ड)

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 7 =