रणवीरले गरे गर्लफ्रेन्डसँग बराबरी ! ‘पद्मावत’ पछि बढाए पारिश्रमिक

  • 702
  •  
  •  
  •  
  •  
    702
    Shares

काठमाडौं, २८ माघ । संजयलीला भन्सालीको फिल्म ‘पद्मावत’मा उत्कृष्ट अभिनय गरेर चर्चाको शिखरमा पुगेका रणवीर सिंहले पारिश्रमिक बढाएका छन् । उनले अब एक फिल्मबाट १३ करोड लिने भारतीय मिडियाले दावी गरेका छन् । उनकी प्रेमिका दीपिकाले भने आफ्नो फिस बढाएकी छैनन् ।

‘पद्मावत’ रणवीरको फिल्म करियरको उत्कृष्ट फिल्म मध्ये एक हो । यो कुरा उनले स्विकार गरेका छन् । उनको नेगेटिभ खिलजीको भूमिकालाई धेरैले मन पराएका छन् ।

यो फिल्ममा दीपिकालाई रणवीर र शाहिद दुवैलाई भन्दा बढी पारिश्रमिक दिइएको थियो । यो कुराको खुलसा दीपिकाले नेहा धुपियाको टक शो मार्फत गरेकी थिइन् । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *