प्रदेश ४ मा एमालेले संसदीय दलको नेता पृथ्वीसुब्बा कि किरण ? आज मतदान हुँदै

  • 41
  •  
  •  
  •  
  •  
    41
    Shares

कास्की, २८ माघ । प्रदेश नम्बर ४ को एमालेको संसदीय दलका नेता चयनका लागि आइतबार मतदान हुँदैछ । एमाले जिल्ला कमिटी कास्कीको सभाहलमा संसदीय दलको नेता चयन गर्न आइतबार अपरान्ह मतदान हुन लागेको हो ।

एमालेकाअनुुसार अपरान्ह साढे २ बजेदेखि ३ बजेसम्म मतदानको कार्यक्रम रहेको छ । अहिले निर्वाचनका अन्य कार्यक्र भइरहेका छन् । २७ जना प्रदेशसभा सदस्य रहेको एमालेले सहमति नजुटेपछि मतदान मार्फत संसदीय दलको नेता छान्न लागेको हो ।

माधवकुमार नेपाल पक्षका पृथ्वीसुब्बा गुरुङ र केपीशर्मा ओलीनिकटका किरण गुरुङबीच संसदीय दलको नेतामा प्रतिस्पर्धा हुने देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *