कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै, समानुपातिकतर्फ को को भए सांसद ? (सूचीसहित)

  • 39
  •  
  •  
  •  
  •  
    39
    Shares

काठमाडौं, २९ माघ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बैठकले प्रतिनिधिसभा समानुपातिकतर्फको सांसद छनोट भएकाको अन्तिम बन्दसूची फाइनल गर्ने भएको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूची बुझाउने समय आजसम्मलाई दिएको छ । सोही कारण कांग्रेसले आफ्नो भागमा परेको ४० सिटमा पहिले बुझाएका नाममा केही थपघट गरी अन्तिम सूची बुझाउने भएको हो । कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २३ सिट जितेको थियो ।

पहिले बुझाएको बन्दसूचीमा क्लस्टरअनुसार नै नाम फाइनल गर्ने तयारी कांग्रेसको छ । कांग्रेसबाट बुझाइएको बन्दसूचीअनुसार खसआर्यबाट बालकृष्ण खाँण, दिलेन्द्र बडू, मधेसीबाट उद्योगपति विनोद चौधरी, खसआर्य महिलातर्फ सुजाता कोइराला, मधेसी महिलामा सीतादेवी यादव, चित्रलेखा यादव, पिछडिएको क्षेत्रबाट जयपति रोकाय परेका छन् । सम्भवतः यिनै सूचीमा रहेका नाम कांग्रेसले फाइनल गर्ने बताइएको छ ।

हेर्नुहोस् सूची

खस आर्य (पुरुष)
बालकृष्ण खाँड
दिलेन्द्र बडु
किशोरसिंह राठौर
सत्यनारायण खनाल
सूर्यबहादुर केसी
मोहन पाण्डे

आदिवासी जनजाति
बहादुरसिंह लामा
कर्मा घले
उमेश श्रेष्ठ
लालकाजी गुरुङ
जिपछिरिङ लामा

दलित
मानबहादुर विश्वकर्मा
मीन विश्वकर्मा
प्रकाश रसाइली

मधेसी
विनोद चौधरी
स्मृतिनारायण चौधरी
नगेन्द्रकुमार राय

महिला (खस आर्य)
सुजाता कोइराला
पुष्पा भुसाल
डिला संग्रौला
मीना पाण्डे
उमा रेग्मी
दीपशिखा शर्मा

महिला (जनजाति)
ज्ञानकुमारी छन्त्याल
प्रमिला राई
महेन्द्रकुमारी लिम्बू
हीरा गुरुङ
मीना सुब्बा
सुवर्ण ज्वारचन

महिला (दलित)
सुजाता परियार
लक्ष्मी परियार
विमला नेपाली

महिला (मधेसी)
सीतादेवी यादव
चित्रलेखा यादव
मीनाक्षी झा

थारू
पद्यनारायण चौधरी

मुस्लिम
अतहर कमल मुसलमान

पिछडिएको क्षेत्र
जयपति रोकाय

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 3 = 3