प्रदीप ज्ञवालीको प्रश्न, एमालेमा नेता नै नभएर माओवादी केन्द्रसँग पार्टी एकता गर्न लागेको हो र ? (भिडियो)

  • 197
  •  
  •  
  •  
  •  
    197
    Shares

काठमाडौं, २९ माघ । एमाले सचिव प्रदीप ज्ञवालीले पहिले सरकार र त्यसपछि मात्र पार्टी एकता हुने बताएका छन् । फागुनको पहिलो हप्ताबाट नयाँ सरकार गठनको प्रक्रिया सुरू हुने र फागुनभित्रै पार्टी एकताको विषय टुंगोमा पुर्‍याइने उनको भनाइ छ ।

एकीकृत पार्टीको अध्यक्ष को हुने ? भन्ने विषयले पार्टी एकतामा प्रभाव नपर्ने उनको तर्क छ । विभिन्न विकल्पमा छलफल भइरहेको र नेतृत्व र नीतिको विषयमा उपयुक्त विकल्प सहमति हुने ज्ञवालीको दाबी छ ।

एमाले अध्यक्ष केपी ओली निकट ज्ञवाली माओवादी केन्द्रको संगठन भद्दा र चुनाव नगरीकनै नेतृत्व लामो समयसम्म रहेकाले एकतामा उनीहरू नै पछि हटेको बताउँछन् ।

‘उहाँहरूले एकीकृत पार्टीको नेतृत्व दावी गर्नुभएको छ । उहाँहरूको ठाउँबाट त्यो दाबी अस्वाभाविक होइन । तर हामीले हेर्दा पार्टी एकता किन गर्ने हो त ? एमालेमा नेताको अभाव भएर हो ? भोट अलिकति कम भएर ? हो त !’ उनले भने ।

उनले एमालेले लामो समयदेखि आन्तरिक लोकतन्त्रको अभ्यास गर्दै आएको, तर माओवादीले त्यो अभ्यास नगरेकाले अप्ठ्यारो हुन्छ कि भन्ने आशंका गरेको बताए ।

‘एकीकृत पार्टीमा जाँदा स्वाभाविक रूपमा एमाले संख्या बढी हुन्छ । पहिलो एकताको महाधिवेशनबाट सर्वसम्मत ढंगले नेतृत्व चयन गर्न पनि सकिन्छ । त्यसैले नेता व्यवस्थापन गर्ने विषयमा समस्या हुँदैन । यो मिलाउन सकिन्छ,’ उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

24 ÷ 4 =