ओली र प्रचण्डबीच मानभवनमा ‘गोप्य वार्ता’, आजै पार्टी एकता प्रक्रिया निष्कर्षमा पुर्‍याइने

  • 146
  • 1
  •  
  •  
  •  
    147
    Shares

काठमाडौं, २९ माघ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको विषयमा छलफल सुरु गरेका छन् । ललितपुरको मानभवनस्थिच माओवादी निकट व्यापारी शरद अधिकारीको घरमा भइरहेको ‘गोप्य भेटवार्ता’ मा पार्टी एकताको विषयलाई निष्कर्षमा पुर्‍याउने गरी छलफल भइरहेको स्रोतले बतायो ।

ओली आइतबार नै प्रचण्डलाई भेटेर पार्टी एकता र सरकार गठनको विषयमा छलफल गर्न चाहन्थे । तर, प्रचण्ड साँझसम्म चितवनमै रहेकाले भेटघाट सम्भव हुन सकेको थिएन । चितवनमा आयोजित एक कार्यक्रममा प्रचण्डले आवश्यक परे आफूले अहिलेकै ठाउँबाट फड्को मार्ने बताएपछि एमाले गम्भीर बनेको थियो ।

सोही कारण शनिबार र आइतबार दुई दिनसम्म बसेको एमाले शीर्ष नेताहरूको बैठकले पार्टी एकता टुंगोमा पु¥याउने निर्णय गरेको थियो । आइतबारको स्थायी समिति बैठकमा वामदेव गौतमले माले–माक्र्सवादी एकताकै ढंगमा पार्टी एकता गर्ने प्रस्ताव राखेपछि यसप्रति ओली निकै नरम भएको बताइएको छ ।

माओवादीले प्रदेश सरकार बन्न सहयोग र समर्थन गरे पनि सहभागी नहुने निर्णय गरेपछि एमाले नेतृत्व पार्टी एकतामा थप लचक भएको थियो । सोही कारण आज बिहानै ओली र प्रचण्डबीच मानभवनमा भेटवार्ता तय गरिएको स्रोतले बतायो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *