प्रचण्डलाई सेरेमोनियल अध्यक्ष बनाएर आफू शक्तिशाली महासचिव बन्ने वामदेवको भित्री रणनीति

  • 256
  •  
  •  
  •  
  •  
    256
    Shares

काठमाडौं, २९ माघ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले उपाध्यक्ष वामदेव गौतमबीच निकै हार्दिक सम्बन्ध छ । माओवादीलाई मूलधारको राजनीतिमा ल्याउन गौतम सशस्त्र द्वन्द्वकालमा रोल्पा पुगेर प्रचण्डलाई भेटेका थिए । त्यसको केही समयपछि माओवादी शान्तिपूर्ण राजनीतिमा आएको थियो ।

एमाले नेताहरूमध्ये प्रचण्डको सबैभन्दा निकट सम्बन्ध गौतमसँगै छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनअघि प्रचण्ड र वामदेवबीच पार्टी एकतापछि एकजना प्रधानमन्त्री र एकजना अध्यक्ष बन्ने ‘गोप्य सहमति’ भएको थियो । दुईबीच प्रचण्ड पार्टी अध्यक्ष र वामदेव प्रधानमन्त्री बन्ने सहमति भएको थियो । त्यो रहस्य थाहा पाएपछि एमाले नेतृत्वले वामदेवलाई बर्दिया १ बाट चुनाव हराएको नेताहरू नै बताउँछन् ।

अहिले फेरि प्रचण्ड र वामदेवबीच एउटा समझदारी भएको छ । सो समझदारी पार्टी एकताको विषयलाई लिएर हो । वामदेवले आइतबार एमाले स्थायी समिति बैठकमा ‘माले–माक्र्सवादी’ मोडलमा एकताको प्रस्ताव राखेका छन् । माले र माक्र्सवादीबीच पार्टी एकता हुँदा माक्र्सवादीका मनमोहन अधिकारी अध्यक्ष र मालेका मदन भण्डारी महासचिव बनेका थिए ।

सोही मोडेलमा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएमा प्रचण्ड अध्यक्ष र एमालेबाट वामदेव महासचिव बन्ने अभियानमा दुई नेता लागेको स्रोतले बतायो । यसरी एकता गर्दा नेताद्वय माधव नेपाल र झलनाथ खनालमध्ये एकजनालाई राष्ट्रपति पनि बनाउन सकिने वामदेवको भनाइ छ । तर, २०५६ सालमा एमाले फुटाएर माले बनाएकाले वामदेवलाई अझै खुइल्याउन छाडिएको छैन । त्यसले गर्दा उनी पार्टी एकतापछि शक्तिशाली महासचिव बन्नेमा धेरै एमाले नेता आशावादी छैनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 7 =