विदेशमा रहँदा बलिउड स्टारले एक रातमा कति खर्च गर्छन ?
1.1K - 1.1KShares
काठमाडौं, २९ माघ । के तपाईलाई थाह छ, तपाईका मनपर्ने स्टार होलिडे मनाउन कहाँ जान्छ ? र उनले त्यहाँ बस्दा कति खर्च गर्छन् ? पक्कै थाहा छैन । उसो भए हेर्नुहोस् यो सूचीः
शाहरूख खान
शाहरू खान अक्सर परिवारसँग छुट्टी मनाउन लस एन्जलस् जान्छन् । उनी त्यहाँमा ब्रेवरी हिल्समा रहन्छ । उनले त्यहाँ बस्दा एक दिनमा १.९७ लाख खर्च छन् । त्यो मेन्शनमा ६ लग्जरी बेडरूम, पुल र प्राइभेट टेनिस कोर्ट समेत छ ।
शिल्पा शेट्टी
शिल्पा दुबईमा छुट्टी मनाउन मन पराउँछिन् । त्यहाँ उनी पाम जुमेरह बीच विलामा बस्ने गर्छिन् । त्यहाँबाट बुर्ज खलिफा अरेबियन सी देख्न सकिन्छ । यसका साथै त्यहाँ पुल, बारबेक्यू, बीच, ल्यान्डस्केप गार्डन समेत छ । शिल्याले त्यहाँ बस्दा दिनको करिब ६६ हराज रूपैंया तिर्छिन् ।
सोनम कपूर
सोनमले न्यूयोर्कको एनवायसी ड्रिम होममा छुट्टी मनाउने गरेकी छन् । त्यहाँ ५ बेडरूम, जिम, पुल टेबल र गार्डन छ । त्यहाँ उनले एक दिनमा करिब १.०९ लाख तिर्ने गरेकी छिन् ।
ट्वीकल खन्ना
ट्वीकन पेरिसमा मनाउने गर्छिन् । पेरिस स्थित चार्मिङ अपार्टमेन्टमा उनी बस्ने गरेकी छन् । त्यहाँ दुई बेडरूम, गार्डन लगायतका सुविधा छन् । उनले त्यहाँ बस्दा एक दिनमा ३२ हजार तिर्ने गरेकी छन् । एजेन्सी