११ तस्विरमा हेर्नुहोस् ‘कृ’ हेर्न पुगेका रवि लामिछाने र धुर्मुसको जम्काभेट

  • 7.8K
  •  
  •  
  •  
  •  
    7.8K
    Shares

काठमाडौं, २९ माघ । अहिले अनमोल केसी र अदीति बुढाथोकी स्टाटर फिल्म ‘कृ’ प्रदर्शन भइरहेको छ । गत शुक्रबार देखि रिलिज भएको फिल्मले सन्तोषजनक व्यापार गरिरहेको छ ।

सुवास गिरी र भुवन केसीले मिलेर बनाएको फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । दुई वर्षको ग्यापपछि अनमोलको नयाँ चलचित्र हलमा लागेको हो ।

जसका कारण उनका फ्यान उत्साही छन् । फिल्मको निर्माण पक्षले आइतबार कुमारी हलमा विषेश शो राखेको थियो । त्यहाँ फिल्मको निर्माणपक्ष र कलाकारहरूको उपस्थिती थियो ।

संचारकर्मी रवि लामिछाने, भर्खरै सन्तपुरवस्ती निर्माण गरेका कलाकार तथा समाजसेवी धुर्मस उर्फ सिताराम कट्टेल र सुन्तली उर्फ कुन्जना घिमिरे समेत ‘कृ’ हेर्न पुगेका थिए ।

कुमारी हलमा लामिछाने र कट्टेलको जम्काभेटलाई मिडिया एनपीका फोटोपत्रकार शंकर गिरीले यसरी कैद गरे ।

हेर्नुहोस् तस्विरः

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 3 = 1