चर्को भोकमा के गर्ने ?

  • 97
  •  
  •  
  •  
  •  
    97
    Shares

कहिलेकाहीँ मानिस विविध कारणवश लामो समय भोक खपेर बस्ने गर्छन् । यस्तो गर्नु स्वास्थ्यका लागि हानिकारक हो । यसो गर्दा चक्कर लाग्ने खतरासमेत हुन सक्छ । त्यसपछि खानेवेला फेरि अर्को गल्ती गर्न पनि सक्छन्, टन्न खाएर । तर, लामो समयदेखिको चर्को भोकमा पेट भर्दा निकै विचार पु-याउनुपर्ने हुन्छ ।

०   लामो समयसम्म पेट खाली राखेर खाँदा कडा खाना प्रयोग गर्नु हुँदैन । अझ एकैपटक पेटभरि खानु त अझ बढी हानिकारक मानिन्छ । घन्टौँसम्म भोक खपेर बस्ने र चर्को भोकमा कडा खाना खाने गर्दा शरीरले पचाउन सक्दैन ।

०  चर्को भोक भएको समय शक्तिवद्र्धक नरम प्रकृतिका खाना प्रयोग गर्नु उत्तम हुन्छ, जस्तै– रसयुक्त फलफूल । यस्तो वेला पानीको मात्रा बढी हुने सिजनेबल फलफूल सेवन गर्दा रक्तसञ्चारलाई सकारात्मक प्रभाव पार्छ र तागत पनि भरिन्छ ।

०  चर्को भोकाएको अवस्थामा सीधै टन्न पानी पिउने काम पनि नगर्नुहोस् । चर्को भोकमा पानी पिउँदा पेट भरिएको अनुभूति त हुन्छ तर शरीरले आवश्यक शक्ति प्राप्त गर्न सक्दैन । सीधै पानी पिएर तत्काल ठोस पदार्थ खाँदा ग्यास्ट्रिकको समस्यासमेत निम्तिन सक्छ ।

त्यसैले यस्तो समय पानीको मात्रा पनि प्राप्त हुने नरम ठोस पदार्थमै जोड गर्दा राम्रो हुन्छ । बरु सलादको प्रयोग गर्दा फलदायी हुन्छ । चर्को भोकमा स्वभावैले मानिसलाई एकैपटक धेरै खानेकुरा खान मन हुन्छ । तर, यस्तो गर्नु गल्ती हो । यसो गर्दा मान्छे बेहोस भएर ढल्न पनि सक्छ ।

०  चर्को भोक लाग्नु भनेको पेट खाली हुनु हो । लामो समयसम्म खाली भएको पेटमा चिल्लो र गुलियो खाँदा पनि असर पर्छ । यस्तो अवस्थामा तत्काल चिया पिउनु पनि ठीक होइन । पिरो मसलेदार खानाले झनै असर पु-याउँछ । नयाँ  पत्रिकाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 2 = 4