कङ्गना राणावत र अमिताभ बच्चन एक साथ देखिँदै

  • 150
  •  
  •  
  •  
  •  
    150
    Shares

एजेन्सी, भर्खरै प्रदर्शनमा आएको बलिउड फिल्म प्याडम्यानका निर्देशक आर बाल्की एक अर्को बायोपिक फिल्मको तयारीमा लागेका छन् । उनले  निर्देशन गर्न लागेको चलचित्रमा बलिउड ‘क्वीन’ कङ्गना राणावत र महानायक अमिताभ बच्चन एक साथ देखिने भएका छन् ।

मेरी कोम, महेन्द्र सिह धोनी र मिल्खा सिँहजस्ता दिग्गज खेलाडीहरुको जीवनीमा आधारित बायोपिक फिल्म बनाएका निर्देशक अार‍ बाल्कीले  विश्व रेकर्डधारी पर्वतारोही अरुणिमा सिन्हामा अाधारित फिल्म बनाउन लागेका हुन् । जसमा अरुणिमाको भूमिकामा कङ्गना देखिने भएकी हुन् ।

यस फिल्मबाट कंगना र अमिताभ पहिलोपटक स्क्रिन सेयर गर्ने भएका छन् । एक खुट्टा गुमेपछिकाे कठिन अवस्थाकाे सामना गर्दै विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल अरुणीमा सिन्हाको भूमिका कङ्गनाले निभाउनु पर्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

72 − 69 =