२ नम्बर प्रदेशसभाका मर्यादा पालकले दौरा सुरुवाल नै लगाउने

  • 295
  •  
  •  
  •  
  •  
    295
    Shares

जनकपुर, २९ माघ । प्रदेश नम्बर २ को प्रदेश सभा बैठकका मर्यादापालक पुरुषले दौरा सुरुवाल र महिलाले सारी चोलो नै लगाउने भएका छन् । कार्य व्यवस्था परामर्श समितिको सोमबार बसेको बैठकले तत्कालका लागि दौरा सुरुवाल र सारी चोलो नै लगाउन दिने निर्णय गरेको हो ।

सो बैठकले दीर्घकालीनरुपमा भने मर्यादापालक पुरुषका लागि सफारी सुट र महिलाका लागि सारी चोलोको व्यवस्था गर्ने निर्णय पनि गरेको छ। बैठकले १५ सदस्यीय नियमावली मस्यौदा समिति गठन गर्ने, चैत ६ गतेभित्र सम्पत्ति विवरण बुझाउनेलगायत निर्णय गरेको छ।

यसअघि बसेको प्रदेशसभा बैठकमा मर्यादापालकहरु अनौपचारिक पोशाकमा ड्युटीमा खटिएका थिए । तर, सोमबारको बैठकमा दौरा सुरुवाल र सारी चोलोमै मर्यादापालकहरु ड्युटीमा खटिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *