अन्ततः किम जोङ उनसँग झुके ट्रम्प ! उत्तर कोरियासँग वार्ता गर्न तयार

  • 244
  •  
  •  
  •  
  •  
    244
    Shares

काठमाडौं, १ फागुन । अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्ने संकेत देखाएको छ । दक्षिण कोरियाका राष्ट्रपतिको उत्तरका उच्च अधिकारीहरुसँग प्रत्यक्ष भेट भएदेखि नै अमेरिकासित पनि वार्तामा सहभागी गराउन दक्षिण कोरियाले लगातार प्रयास गरिरहेको बताइएको छ । दक्षिण कोरियाको प्रयासपछि अमेरिकाले उत्तर कोरियासँग वार्ता हुने संकेत देखाएको हो ।

मेरिकी उपराष्ट्रपति पेन्सले प्रतिबन्ध र दबाब जारी राखिरहेपनि उत्तर कोरिया वार्ताका लागि अघि सरे अमेरिकाले त्यसलाई स्विकार गर्ने बताएका छन् । केही दिन अघि मात्रै उत्तर कोरियाली नेता किमकी बहिनीले राष्ट्रपति मुनलाई हस्तलिखित पत्र दिएकी थिइन् । उत्तर कोरियाले मुनलाई प्योङयोङ भ्रमणको निम्तो समेत दिएको छ ।

अमेरिकाले पनि उत्तर कोरियासँग कूटनीतिक संलग्नता राख्न तयार रहेको पेन्सले बताए । एक पत्रिकाको अन्तर्वार्तामा उनले उत्तर कोरिया अहिले इच्छुक भए अमेरिका पनि विनाशर्त वार्ता गर्न तयार रहेको बताएका हुन् । यसअघि राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँग वर्षौँदेखि वार्ता गर्ने प्रयास विफल भएको हुँदा उनीहरुले हतियार नबिसाएसम्म छलफलको कुनै अर्थ नरहने बताएका थिए ।

नेता किम र ट्रम्पबीचको विवाद पछिल्लो समय धेरै अपमानजनक र धम्कीपूर्ण बन्न पुग्दा विश्वभर चिन्ता व्यक्त गरिएको थियो । तर वार्ताका लागि तयार रहेपनि उत्तर कोरियाले आफ्नो हतियार निर्माण कार्य नरोक्ने बताएकाले अमेरिका लगायत सहयोगी मुलुकहरुले पनि प्रतिबन्ध र दबाब जारी राख्ने बताइएको छ ।

उता दक्षिण कोरियाले भने युद्धका समयमा उत्तरमा छुटेका परिवारलाई मिलाउनकै लागि भएपनि उत्तर कोरियासँग संलग्नता बढाइरहने बताएको छ । उत्तर कोरियाले यसमा सहमति जनाएपछि कोरियाली प्रायद्विपमा सैन्य तनाव पनि कम हुँदै जाने दक्षिण कोरियाको भनाइ छ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =