भण्डारी फेरि पनि राष्ट्रपति बन्ने ! झलनाथलाई कुनै पनि हालतमा बन्न नदिने ओलीको रणनीति

  • 542
  •  
  •  
  •  
  •  
    542
    Shares

काठमाडौं, १ फागुन । नेकपा एमालेले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहो¥याउने तयारी गरेको छ । अध्यक्ष केपी शर्मा ओली राष्ट्रपतिमा एकपटक भण्डारीलाई नै दोहोर्‍याउनुपर्ने पक्षमा देखिएका छन् । ‘पार्टीभित्र अन्य आकांक्षी पनि छन् । तर एकपटक उहाँ (भण्डारी) नै दोहोरिनुहुन्छ,’ ओली निकट एक नेताले भने, ‘उहाँले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका खेल्नुभएको छ । त्यसैले उहाँ नै फेरि राष्ट्रपति बन्नुहुन्छ ।’

एमाले बरिष्ठ नेता झलनाथ खनालले सार्वजनिकरूपमै राष्ट्रपतिका लागि इच्छा व्यक्त गरेका छन् । उनले एमालेसँगको गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको समर्थन लिने प्रयास गरेका छन् । दाहाललाई एकिकृत पार्टीको अध्यक्ष बनाउनुपर्ने खनालको अभिव्यक्ति आफ्नो राष्ट्रपति बन्ने चहानासँग जोडिएर आएको बताइन्छ ।

दाहालले पनि ओलीसँगको कुराकानीमा राष्ट्रपतिका लागि खनालको नाम लिएका छन् । तर ओलीले दाहालको प्रस्ताव अस्विकार गरेको बुझिएको छ । एमालेको संस्थापन पक्ष खनाललाई राष्ट्रपति बनाउने पक्षमा नरहेको स्रोतको दावी छ । भण्डारीको ठाँउमा खनाललाई बनाएर केही पुष्टी नहुने र भण्डारीको विकल्प खनाल बन्न नसक्ने ओली पक्षको बुझाई छ ।

पछिल्लो समय भण्डारीले पनि राष्ट्रपतिमा दोहोरिन लविङ तिव्र पारेको बताइन्छ । भण्डारीले केही समय यता दोहो¥याएर राष्ट्रपति बन्ने कसरत थालेकी छन् । र एमालेको संस्थापन पक्षको बलियो साथ उनलाई छ ।

संविधान कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेको र पुरा कार्यकाल चलाउन नपाएकाले एकपटक पुनः भण्डारीलाई नै राष्ट्रपति बनाउनुपर्ने एमालेको संस्थापन पक्षको निष्कर्षका कारण उनी नै दोहोरिने लगभग निश्चित रहेको स्रोतले जानकारी दियो । संविधानतः राष्ट्रपतिको कार्यकाल पाँच बर्षको हुन्छ ।

भण्डारी भने संविधान जारी भएपनि संक्रमणकाली व्यवस्था अनुसार राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । नयाँ संविधान अनुसार निर्वाचन भइसकेको अवस्थामा संविधानको धारा ६२ अनुसार राष्ट्रपतिको निर्वाचन नभएसम्म उनको पदावधी रहनेछ । पदबाँडफाँड गर्दा माओवादीले पनि राष्ट्रपतिमा पाउनुपर्ने बताउँदै आएको थियो । तर अहिले भने माओवादी पछि हटेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

22 ÷ 11 =