संक्रमणकाल सकियो, अब समृद्धी तर्फ लागौंः ओली

  • 20
  •  
  •  
  •  
  •  
    20
    Shares

काठमाडौं, १ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा राजनीतिक संक्रमणकाल सकिएको भन्दै अब समृद्धीमा केन्द्रीत हुनुपर्ने बताएका छन् । मंगलबार महाशिवरात्रीको अवसरमा नेपालीहरूमा शुभकामना सन्देश जारी गर्दै उनले अबको प्राथमिकता विकास र समृद्धी भएको बताएका हुन् ।

ओलीको निर्वाचनमार्फत जनताले स्थिरता, विकास र समृद्धिको चाहना प्रकट गरेकाले यसमा दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ओलीले महाशिवरात्रि राष्ट्रिय एकताको पर्वसमेत भएको उल्लेख गर्दै स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

महाशिवरात्रि हिन्दूहरुको पर्व भए पनि सबै धार्मिक समुदायले उत्तिकै श्रद्धा गर्ने गरेको उनले उल्लेख गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =