नेपालको राजनीतिमा बेलायतको चासो, गोर्खा सैनिककाबारेमा राखे प्रचण्डले जिज्ञासा

  • 149
  •  
  •  
  •  
  •  
    149
    Shares

काठमााडौं, १ फागुन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालको राजनीति तथा समसामयिक विषयमा बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्यान्क्यास्टरले चासो राखेका छन् ।

ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा मंगलबार बिहान पुगेका रक्षाराज्यमन्त्री मार्कलेले निर्वाचन सम्पन्न भएपछिको नेपालको पछिल्लो राजनीतिक परिस्थिति, पार्टी एकता, सुशासन र विकासलगायतका विषयमा चासो राखेका प्रचण्डको सचिवालयले जनाएको छ ।

नेपाली जनताको राजनीतिक स्थिरता र समृद्धिको चाहनाको सम्मान गर्दै नेकपा (एमाले)सँगको एकताको प्रक्रिया अघि बढाइएको बताएका प्रचण्डले पार्टी एकताका लागि एकता संयोजन समिति गठन भएर एकता प्रक्रिया अघि बढेको र यो एकताले स्थायित्व, स्थिरता र नेपालको समग्र विकासमा ठूलो भूमिका खेल्ने जानकारी दिए ।

रक्षामन्त्री मार्कले नेपालको संविधानले राज्यसंयन्त्रमा महिलाहरुको प्रतिनिधित्वको व्यवस्था गरेपनि त्यसको कार्यान्वयनको पक्षकाबारेमा जिज्ञासा राखेका छन् । जवाफमा अध्यक्ष प्रचण्डले अध्यक्ष प्रचण्डले नेपालको संविधानले व्यवस्था गरे अनुरुप स्थानीय तह, प्रदेश र संघको निर्वाचनपछि सबै राजनीतिक तहमा ३३ प्रतिशत महिलाहरुको सहभागिता सुनिश्चित भएको बताए ।

सोही क्रममा अध्यक्ष प्रचण्डले बेलायती सेनामा रहेका गोर्खा सैनिकहरुको समस्याकाबारेमा जिज्ञासा राखे । जवाफमा रक्षामन्त्री मार्कले बेलायती सेनामा रहेका नेपाली सेनाहरुको समस्याकाबारेमा बेलायत सरकार गम्भीर रहेको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 × = 18