‘दबंग ३’ बन्नु अघि नै आयो सलमान खान र सोनाक्षी सिन्हाको नयाँ गीत (भिडियो)

  • 3.5K
  •  
  •  
  •  
  •  
    3.5K
    Shares

काठमाडौं, १ फागुन । सलमान खानको फिल्म ‘दबंग’ को तेस्रो भाग आउनुभन्दा पहिला नै चुलबुल पाण्डे र रज्जो एक साथ आएका छन् । तर यसको कनेक्शन ‘दबंग’सँग छैन ।

फिल्मको नाम हो ‘वेलकम टु न्यूयोर्क’ चक्री टोलेतीको निर्देशनमा बनेको यो फिल्ममा दिलजीत दोसान्झ, सोनाक्षी सिन्हा, करण जोहर र रितेश देशमुख लगायतको अभिनय रहेको छ । फिल्ममा सलमान खान समेत देखिएका छन् । फिल्मको अहिले गीत रिलिज भएको छ । यो गीतलाई देखेर धेरैलाई ‘दबंग’को याद आउछ ।

गीतलाई पायल देवले गाएका छन् । कौसर मुनीले लेखेको गीतमा साजिद–वाजिदको संगीत छ । गीतको सुटिङ न्यूयोर्कमा भएको हो । यो फिल्म चर्चित आइफा अवार्डसको समयको एक कहानी हो । जसलाई कमेडी जनरामा बनाइएको छ । फिल्म थ्रीडीमा बनाइएको छ । फिल्म २३ फेब्रुअरीमा रिलिज हुनेछ ।

अहिले सलमानको ‘दबंग ३’ समेत बनाउने तयारी भइरहेको छ । जसमा सोनाक्षी सिन्हा हिरोइन हुन सक्ने निर्माता अरबाज खानले बताएका छन् । फिल्मलाई प्रभु देवाले निर्देशन गर्नेछन् । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

40 + = 42