प्रचण्ड र ओलीपछि बेलायती राज्यमन्त्री मार्केले भेटे प्रधानमन्त्री देउवालाई

  • 64
  •  
  •  
  •  
  •  
    64
    Shares

काठमाडौँ, १ फागुन । नेपाल भ्रमणमा रहेका बेलायती रक्षाराज्यमन्त्री मार्क ल्यानकाष्टरले प्रधानमन्त्री शेरबहादुर देउवासँग दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध, पारस्परिक हित र साझा चासोका विषयमा छलफल गरेका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार भएको सो भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्था, नयाँ सरकार गठन तथा संविधान कार्यान्वयनका विषयमा कुराकानी भएको छ ।

यसअघि मंगलबारै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका राज्यमन्त्री मार्कले राष्ट्रपति र रक्षामन्त्री तथा नेपाल सरकारका वरिष्ठ अधिकारीसँग भेटवार्ता गरिसकेका छन् ।

उनी गएको माघ २५ गतेदेखि नेपाल भ्रमणमा रहेका छन् । नेपाल–बेलायतबीच कूटनीतिक सम्बन्ध कायम भएको दुई शताब्दी नाघिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × = 18