‘दबंग’ खानसँग ६ पटक काम गर्न कसले गर्‍यो रिजेक्ट ?

  • 772
  •  
  •  
  •  
  •  
    772
    Shares

काठमाडौं, १ फागुन । बलिउडका तीन खान मध्ये एक सलमान खानसँग फिल्म खेल्ने इन्डस्ट्रीका सबै हिरोइनको सपना हुन्छ । किनकी सलमानको नामबाटै फिल्म हिट हुने गरेका छन् । उनका फ्लप भनिएका फिल्मले पनि १०० करोड माथिको व्यापार गर्छन् ।

फ्लप भनिएका तर १०० करोड माथिको व्यापार गरेका उनका फिल्म ‘जय हो’ र ‘ट्युबलाइट’ यसैका उदाहरण हुन् । सलमान बलिउडका यस्ता स्टार हुन्, जो बलिउडका अधिकांश हिरोइनसँग काम गरिसकेका छन् । उनीसँग काम गर्न अहिलेसम्म कुनैपनि हिरोइनले अस्विकार गरेका छैनन् । तर एक हिरोइन छन्, जसले सलमानसँग काम गर्न लगातार अस्विकार गर्दै आएकी छन् ।

उनी हुन् दीपिका पादुकोण । उनले अहिलेसम्म करिब ६ पटक काम गर्न अस्विकार गरेकी छन् । यद्यपी सलमान र दीपिकाबीच कुनै दुस्मनी भने छैन । कहिले समय समय अभाव त कहिले पात्र मन नपरेका कारण उनले सलमानका फिल्ममा काम गर्न अस्विकार गरेकी हुन् । सोही कारण दर्शकले अहिलेसम्म उनीहरूको जोडीलणई पर्दामा देख्न पाएका छैनन् ।

तर अहिले सलमान र दीपिकाको जोडीलाई ‘किक २’ मा देख्न पाइने समचार आइरहेका छन् । समचार अनुसार फिल्मका निर्माता साजिद नाडियाडवाला यो फिल्ममा सलमानसँग नयाँ हिरोइन लिन चाहान्छन् । ‘किक २’ मा नयाँ कहानी हुने र नयाँ पात्र हुने बताइएको छ । फिल्ममा साजिद यस्ती हिरोइन चाहान्छन्, जो सलमानसँग पहिला कुनै पनि फिल्ममा नदेखिएकी होस् । यही अवस्थामा साजिदले दीपिकालाई लिने चर्चा भइरहेको छ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

62 − = 55