चितवन पुगेर प्रचण्डले भने – म तत्कालै प्रधानमन्त्री बन्न सक्छु (भिडियोसहित)

  • 158
  •  
  •  
  •  
  •  
    158
    Shares

चितवन, १ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू तत्कालै प्रधानमन्त्री हुने सम्भावना रहेको जानकारी दिएका छन् ।

चितवनको गौरीगञ्जस्थित शरदपुर माविको वार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले आफू चाँडै प्रधानमन्त्री हुने सम्भावना रहेको बताएका हुन् । ‘ म तुरुन्तै वा अलि ढिलो भए पनि प्रधानमन्त्री हुन्छु, तपाईंहरुको भरोसा टुट्न दिन्नँ’, प्रचण्डले भने ।

चितवनको समग्र विकासमा आफ्नो ध्यान केन्द्रीत रहेको बताएका उनले दलीय सहमतिअनुसार नै आफू अघि बढ्ने बताए । हाल पाँचवटा दलले मात्रै राष्ट्रिय राजनीतिक दलको मान्यता पाएको प्रसङ्ग कोट्याउँदै अध्यक्ष प्रचण्डले पाँच दल र यसभित्र पनि रहेका तीन दलबीच सहमति जुटाउन कार्यमा लाग्ने जानकारी दिए ।

शान्ति प्रक्रियाका क्रममा भएका कार्यलाई युरोपेली र ल्याटिन अमेरिकी मुलुकले महत्व नदिएको भन्दै उनले विकसित मुलुकमा भएको भए नेपालको जस्तो शान्ति प्रक्रियाले चर्चा पाउने विश्वास व्यक्त गरे । शान्ति प्रक्रियामा भएका कामका कारण स्वर्गीय गिरिजाप्रसाद कोइराला र आफूले अन्तर्राष्ट्रिस्तरको ‘नोबेल पुरस्कार’ पाउनु पर्ने दाबी गरेका उनले पश्चिमा र ल्याटिन अमेरिकी मुलुकले बेवास्ता गर्दा ओझेलमा परेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

67 ÷ 67 =