प्रदेश २ को सभामुखमा सरोजकुमार यादव निर्विरोध निर्वाचित

  • 22
  •  
  •  
  •  
  •  
    22
    Shares

जनकपुर, १ फागुन । प्रदेश नम्बर २ को सभामुखमा राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका सरोजकुमार यादव निर्विरोध निर्वाचित भएका छन् । सभामुखका यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।

यद्यपी यादव सभामुखमा निर्वाचित भएको बुधबारमात्रै घोषणा गरिनेछ । प्रदेश २ मा बहुमत प्राप्त संघीय समाजवादी फोरम र राजपाको सहमतिअनुसार यादवले उम्मेदवारी दिएका हुन् ।

बुधबार बस्ने सभाको बैठकमा जेष्ठ सदस्य लगनलाल चौधरीले यादवलाई सभामुख घोषणा गर्नेछन् । तत पश्चात उनलाई सभामुखको पद तथा गोपनीयताको सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

79 − 76 =