नयाँ सरकार गठनको पूर्वसन्ध्यामा भारतीय राजदूतले भेटे ओलीलाई

  • 51
  •  
  •  
  •  
  •  
    51
    Shares

काठमाडौं, १ फागुन । नयाँ सरकार गठनको पूर्वसन्ध्यामा भावी प्रधानमन्त्रीको रुपमा अर्थ्याइएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भारतीय राजदूत मञ्जीव सिंह पुरीले भेटवार्ता गरेका छन् ।

नेपालको राजनीतिमा भारतीय चासो रहने गरेको छ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता अन्तिम चरणमा रहेका बेला मंगलबार राजदूत पुरीले अध्यक्ष ओलीसँग भेट गरेर नेपालको पछिल्लो राजनीतिक अवस्थाकाबारेमा चासो राखेका छन् ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा राजदूत पुरीले नयाँ सरकार गठन र माओवादीसँगको एकताकाबारेमा चासो व्यक्त गरेको छन् ।

जवाफमा अध्यक्ष ओलीले निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम राष्ट्रपतिलाई पठाएपछि नयाँ सरकारको प्रक्रिया सुरू हुने बताए । साथै सरकार गठनका लागि दलहरूसँग छलफल भइरहेको ओलीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

66 ÷ = 11