पदभार सम्हालेकै भोलिपल्ट मुख्यमन्त्रीको सडक अनुगमन

  • 67
  •  
  •  
  •  
  •  
    67
    Shares

मकवानपुर, १ फागुन । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल विस्तारको क्रममा रहेको नारायणगढ मुग्लिन सडकखण्डको अनुगमनमा निस्केका छन् ।

सोमबार पदभार ग्रहण गरेका मुख्यमन्त्री पौडेल मंगलबार सडक अनुगमनमा निस्केका हुन् । सोमबार तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका मुख्यमन्त्री पौडेलसँगै आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकट्टेल पनि सडक अनुगमनमा सहभागी थिए । सो क्रममा मुख्यमन्त्री पौडेलले समयमै काम नसकिए ठेक्का नै खारेज गर्ने चेतावनी दिएका छन् ।

जवाफमा आयोजना प्रमुख आयोजनाका निमित्त प्रमुख गोविन्द खनालले अहिलेसम्म आयोजनाको काम ७५ प्रतिशत सकिएको जानकारी गराए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 67 = 73