नायिका दीपिका प्रसाईं र निर्देशक भट्टराईबीचको सम्बन्ध कस्तो ? यस्तो छ बयान
1.7K - 1.7KShares
काठमाडौं, १ फागुन । चलचित्र निर्देशक दिवाकर भट्टराई र नायिका दीपिका प्रसाईंबीच प्रेम सम्बन्ध रहेको प्रकाशित समाचारप्रति उनीहरुले आपत्ति जनाउँदै खण्डन गरेका छन् ।
‘ऐश्वर्य’बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी दीपिका र निर्देशक भट्टराईबीच प्रेम सम्बन्ध रहेको समाचार प्रकाशित भएपछि उनीहरुले खण्डन गरेका हुन् । निर्देशक भट्टराईले आफ्नो फेसबुक अकान्टबाट उक्त समाचारको खण्डन गरेका छन् । खण्डनमा दीपिका पनि सहमत रहेको उल्लेख गरेका छन् ।
‘बिगत केही दिनदेखि केही अनलाइनमा म र दीपिका प्रसाईं बीचको सम्बन्धको बारेमा आएको समाचारप्रति हामी दुवैको आपत्ति रहेको छ’, आफ्नो फेसबुक अकान्टमा भट्टराई लेख्छन्, ‘हामी दुई आफ्नो आफ्नो व्यावसायिक र व्यक्तिगत सम्बन्ध भन्दा माथि नरहेको जानकारी गराउन चाहन्छौँ ।’
समाचारमा आएको विषयलाई लिएर भ्रममा नपर्न आग्रह गरेका भट्टराईले गलत समाचार र गसिपले जीवनमा पार्ने असर र संवेदनशीलताको ख्याल गर्न पत्रकारलाई आग्रहसमेत गरेका छन् ।
पत्रकारले चलचित्र क्षेत्रलाई माथि उकास्न मद्दत गर्न सक्ने भन्दै भट्टराई फेसबुकमा लेख्छन्, ‘‘तपाईंको कलमले चलचित्र क्षेत्रलाई त्यत्तिबेला माथि पुर्याउन सक्छ, जब तपाईंहरुले हामीलाई सही मार्गनिर्देशन गर्दै आम जनमानसले यो क्षेत्रलाई सम्मानको नजरले हेर्न थाल्छ ।’
चलचित्र क्षेत्रलाई बद्नाम गराउने कर्मले कसैलाई पनि भलो नगर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘रंग, वर्ण, स्वरुप फरक होला तर हामी सबै एउटै दह भित्रका माछा हौँ ! पानी धमिलो हुँदा त्यसको असर सबैमा उत्तिनै हुन्छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
