च्याम्यिन्स लिगः म्यान्चेष्टर सिटीको शानदार जित

  • 122
  •  
  •  
  •  
  •  
    122
    Shares

काठमाडौं, २ फागुन । च्याम्पियन्स लिग अन्तर्गत प्रि–​प्रि–क्वार्टरफाइनलको पहिलो लिगमा इंग्लिस प्रिमियर लिग लिडर म्यान्चेष्टर सिटीले शानदार जित दर्ता गरेको छ । सिटीले बासेललाई ४–० गोलले हराएको हो ।

मंगलबार राति बासेलमा भएको खेलमा सिटीले बासेललाई हराउँदै क्वाटरफाइनलको यात्रा सहज बनाएको हो । १४ औं मिनेटमा केभिन डिब्रुयनको पासमा गुन्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसको ४ मिनेटपछि बर्नाडो सिल्भाले सिटीको खातामा गोल थपे ।

२३औं मिनेटमा सर्जियो एग्युरोले गोल गरेपछि सिटीले पहिलो हाफ अघि ३–० को अग्रता बनायो । ५३ औं मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४–० को अग्रता दिलाए । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् र सिटी ४–० ले विजयी भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 6