च्याम्यिन्स लिगः युभेन्टस र टोटनह्याम बराबरीमा रोकिए

  • 29
  •  
  •  
  •  
  •  
    29
    Shares

काठमाडौं, २ फागुन । च्याम्पियन्स लिग अन्तर्गत प्रि–क्वार्टर फाइनलको पहिलो लिगमा इटालियन क्लब युभेन्टस इंग्लिस कलब टोटनह्याम हट्स्पुरसँग बराबरीमा रोकिएको हो । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा युभेन्टस टोटनह्यामसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

अर्जेन्टाइन स्ट्राइकर गोन्जालो हिग्वेनले एउटा पेनाल्टी सदुपयोग गर्न नसक्दा ह्याट्रिक गर्नबाट चुके र युभेन्टसको सम्भावित जित पनि टर्यो । २–० ले पछि परेको अवस्थामा टोटनह्यामका ह्यारी केन र क्रिष्टियन इरिक्सनले गोल गर्दै युभेन्टसलाई अंक बाँढ्न बाध्य बनाएका थिए ।
खेलको दोस्रो मिनेटमा नै हिग्वेनले युभेन्टसका लागि पहिलो गोल गरे ।

आठौं मिनेटमा युभेन्टसले पेनाल्टी पायो । बेन डेविसले फेड्रिको फर्नान्डेजलाई डिबक्स भित्र फल गरेपछि पाएको पेनाल्टीलाइ हिग्वेनले गोलमा परिणत गर्दै युभेन्टसलाई सुरुवाती २ गोलमा अग्रता दिलाए ।

३५ औं मिनेटमा ह्यारी केनले उत्कृष्ट गोल गर्दै टोटनह्यामलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, पहिलो हाफको इन्ज्युरी समयमा युभेन्टसले अर्को पेनाल्टी पायो ।

२ गोल गरिसकेको हिग्वेनले ह्याट्रिकका लागि प्रहार गरेको पेनाल्टी क्रसबारमा लागेपछि गोल हुन सकेन । ७२ औं मिनेटमा क्रिष्टियन इरिक्सनले फ्रि–किकलाई गोलमा परिणत गरेपछि टोटनह्यामले युभेन्टसलाई बराबरीमा रोक्न सफल भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 1 = 6