एमालेको भागमा परेका प्रदेशमा धमाधम सरकार गठन, माओवादी केन्द्रले पाएकोमा लफडा

  • 110
  •  
  •  
  •  
  •  
    110
    Shares

काठमाडौं, २ फागुन । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता अन्तिम चरणमा पुगेको छ । तर, प्रदेश सरकार गठनमा भने एमालेले माओवादी केन्द्रलाई खोंचे थापेको कुरा धेरैले चाल पाउन सकेका छैनन् ।

दुवै दलबीच प्रदेश १, ३, ४ र ५ मा एमाले र ६ र ७ मा माओवादी केन्द्रले मुख्यमन्त्री पाउने सहमति भएको थियो । जसअनुसार एमालेले प्रदेश ३ मा प्रदेश सरकार बनाइसकेको छ । प्रदेश १ र ५ मा आज मुख्यमन्त्री चयन हुनेछन् । प्रदेश ४ मा शुक्रबार मुख्यमन्त्रीले सपथ खानेछन् । प्रदेश ३ मा एमालेका डोरमणि पौडेल, १ मा शेरधन राई, ५ मा शंकर पोखरेल र ४ मा पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री बनेका छन् ।

तर, माओवादी केन्द्रको भागमा परेको ६ र ७ मा भने लफडा देखिएको छ । माओवादीको भागमा परेको प्रदेश ६ मा मंगलबारदेखि एमालेले पनि दाबी गरेको छ । मंगलबार दुवै पार्टीबीच भएको बैठकमा एमाले प्रदेश ६ संसदीय दलका नेता यामलाल कँडेलले प्रदेशमा मुख्यमन्त्री आलोपालो गर्नुपर्ने प्रस्ताव राखेका थिए । एमालेको सो प्रस्तावप्रति माओवादी केन्द्रमा असन्तुष्टि चुलिएको छ ।

माओवादीले प्रदेश ६ मा महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्री बनाउन दलको नेता चुनिसकेको छ । एमालेकै कारण प्रदेश ६ मा माओवादी केन्द्रले सरकार बनाउन दाबी पेस गर्न सकेको छैन । एमालेले प्रदेश ६ को निर्वाचनमा सतप्रतिशत नतिजा प्राप्त गरेको भन्दै मुख्यमन्त्री आफूले पनि चलाउन पाउनुपर्ने बताउँदै आएको छ ।

यस्तै, प्रदेश ७ मा पनि संसदीय दलको नेता चयनलाई लिएर माओवादीभित्रै लफडा निस्किएको छ । माओवादीले त्रिलोचन भट्टलाई दलको नेता चयन गरेपछि वीरमान चौधरीलगायतले विरोध गर्दै आएका छन् । सो प्रदेशमा एमालेबाट सभामुख बन्ने भएका छन् । तर, एमालेले सभामुख निर्वाचनमा ढिलाइ गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 8