फागुन ७ गतेदेखि बक्स अफिस लागू हुने

  • 56
  •  
  •  
  •  
  •  
    56
    Shares

काठमाडौं, २ फागुन । नेपाल चलचित्र विकास बोर्डले यही फागुन ७ गतेदेखि बक्स अफिस प्रणाली (ई–टिकेटिङ) सुरु हुने जनाएको छ । ई–टिकेटिङ सञ्चालन सुबिसु नेटर्वकको सहकार्यमा डाटाहवले गर्ने भएको छ ।

उपत्यका बाहिर सञ्चालनमा रहेका सिनेमा हलहरुमा भने सुबिसुले निःशुल्क इन्टरनेट सेवा प्रदान गर्ने बोर्डले जानकारी दिएको छ । यही फागुन ७ गतेदेखि उपत्यका भित्र सञ्चालनमा रहेका मल्टिप्लेक्स सिनेमा हलहरुमा सुरु हुने ई–टिकेटिङ प्रणाली वैशाख १ देखि सम्पूर्ण सिनेमा हलहरुमा र साउन १ देखि उपत्यका बाहिरका सिनेमा हलहरुमा ई–टिकेटिङ प्रणाली जडान गरिने बोर्डको भनाइ छ ।

बक्स अफिस प्रणालीद्वारा प्राप्त हुने आर्थिक रिपोर्ट चलचित्रका निर्माता, हल सञ्चालक र वितरकले मात्रै हेर्न पाउने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

35 ÷ 7 =