प्रदेश ४ को पहिलो नाटकघर आज उद्‌घाटन हुने

  • 36
  •  
  •  
  •  
  •  
    36
    Shares

कास्की, २ फागुन । प्रदेश नम्बर ४ को पहिलो नाटकघर ‘पोखरा थियटर’ बुधबारबाट सञ्चालनमा आउने भएको छ । पोखरामा रहेको सो थियटर नाट्यकर्मीको उपस्थितिमा कास्की क्षेत्र नम्बर २ का सांसद रविन्द्र अधिकारीले उद्‌घाटन गर्ने भएका छन् ।

उद्‌घाटन कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त्त श्रेष्ठ, वरिष्ठ नाट्यकर्मी सुनिल पोखरेल, कलाकार दयाहाङ राईलगायत कलाकारहरु सहभागी हुँदैछन् । अपरान्ह ३ बजे थियटरको उद्घाटनसँगै साँझ पौने पाँच बजे नाटक ‘सिरुमारानी’ मञ्चन गरिने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 10 = 1