मलयाली अभिनेत्री प्रिया प्रकाशको भिडियो सार्वजनिक, बलिउड स्टार समेत पछि परे !

  • 1.3K
  •  
  •  
  •  
  •  
    1.3K
    Shares

काठमाडौं, २ फागुन । भ्यालेन्टाइन्स सप्ताहमा मलयाली अभिनेत्री प्रिया प्रकाश एकाएक चर्चामा आइन् । भ्यालेन्टाइन्स सप्ताहको अवसरमा सार्वजनिक भएको भिडियोका कारण उनी चर्चामा आएकी हुन् । उनको अहिले अर्को भिडियो पनि सार्वजनिक भएको छ ।

प्रियाको नयाँ भिडियो उनको डेब्यु फिल्म ‘ओरू अदार लभ’बाट लिइएको हो । भ्यालेन्टाइन्स डेभन्दा एक दिनअघि भिडियो रिलिज भएको हो । फिल्म यसै वर्षको मार्च ३ मा रिलिज हुँदैछ । फिल्मको गीत मनिक्या मलरया पूवी सार्वजनिक भएपछि टीजर पनि दर्शकहरूले खुबै रुचाएका छन् ।

यो फिल्म युवालक्षित छ । प्रियालाई अभिनयका साथसाथै गायनमा पनि रुचि छ । हालै उनको एक भिडियो सार्वजनिक भएको थियो जसमा उनी चन्ना मेरेया गीत गाउँदै गरेकी देखिन्छिन् ।

प्रिया मलयालम र अंग्रेजी बोल्छिन् । भाइरल भएको गीतमा प्रियाले आफ्ना हाउभाउ र मुस्कानले मानिसहरूको मन जितेर इन्टरनेट सेन्सेसन भएकी छन् ।

उनी अहिले १८ वर्षकी भइन् र केरलमा बस्छिन् । भ्यालेन्टाइन सप्ताह सुरूभएपछि भारतीय मिडियाले बलिउड स्टारको भन्दा बढी चर्चा गरिहेका छन् । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

51 ÷ 51 =