प्रदेश २ मा मधेसी गठबन्धनको सरकार, कांग्रेस प्रमुख प्र्रतिपक्षी दलसमेत भएन

  • 139
  •  
  •  
  •  
  •  
    139
    Shares

काठमाडौं, २ फागुन । प्रदेश २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरमका नेता मोहम्मद लालबाबु राउत गद्दी नियुक्त भएका छन् । प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले बुधबार फोरम प्रदेश सभा संसदीय दलका नेता राउतलाई राजपाको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त गरेका हुन् । 

बिहीबार मुखमन्त्रीकाे पद तथा गाेपनीयताकाे सपथ र पदभार ग्रहण गरेलगत्तै राउतले  सानाे अाकारकाे मन्त्रिपरिषद् गठन गर्ने छन् । पहिलाे चरणमा फाेरमका विजय यादव र राजपाका मनिष सुमन मन्त्री बन्नेछन् ।

१०७ सदस्यीय प्रदेश सभामा फोरमका २९ र राजपाका २५ गरी ५४ सांसद छन् । प्रदेश २ मा वाम गठवन्धन प्रमुख प्रतिपक्षी दल बन्नेछ । एमाले र माओवादी गठबन्धनसँग २१ सांसद छन् । कांग्रेस भने तेस्रो पोजिसनमा पुगेको छ । विगतमा कांग्रेसले मधेसलाई आफ्नो भोट बैंक मान्दै आएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

70 ÷ = 10