प्रधानन्यायाधीशको राजीनामा माग्दै न्यायपरिषद् घेराउ

  • 38
  •  
  •  
  •  
  •  
    38
    Shares

काठमाडौं, २ फागुन । नागरिकतालगायत प्रमाण पत्र विवादमा परेपछि प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै न्यायपरिषद्को कार्यालय घेराउ गरिएको छ ।

नागरिकता र शैक्षिक प्रमाण पत्रमा धेरैवटा फरक फरक जन्ममिति भेटिएको भन्दै प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग गर्दै बुधबार परिषद्को कार्यालय कानुन व्यवसायीहरुले घेराउ गरेका हुन् ।

जन्ममिति प्रकरणले न्यायालयको गरिमा आँच आउने भएकाले विवादित प्रधानन्यायाधीश पराजुलीले तत्काल राजीनामा दिनु उपयुक्त कानुन व्यवसायीहरुको भनाइ छ । न्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न परिषद्को बैठक बस्नु अघि कानुन व्यवसायीहरुले घेराउ गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 11 = 19