नेपालले रोज्यो फिल्डिङ, क्यानाडालाई हराउनु पर्ने दबाबमा

  • 212
  •  
  •  
  •  
  •  
    212
    Shares

काठमाडौं, २ फागुन । नामिबियामा जारी आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू अन्तर्गतको अन्तिम खेलमा अहिले नेपालले क्यानाडासँग प्रतिस्पर्धा गरिरहेको छ ।

क्यानडाविरुद्धको अन्तिम खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । आउँदो महिना हुने विशव कपको छनौटको याता तय गर्न नेपालले क्यानाडालाई हराउनु पर्ने दबाबमा रहेको छ ।

अंक तालिकाको तेश्रो स्थानमा रहेको नेपालले शीर्ष दुईमा रहन क्यानाडालाई हराउनु पर्ने दबाबमा परेको हो । मंगलबारको खेलमा केन्यालाई ८ विकेटले हराउँदै नामिबिया दोश्रो स्थानमा उक्लिएपछि नेपाल तेश्रोमा झरेको हो ।

समान ४ खेल खेल्दै समान ६ अंक बटुले पनि रनरेटका आधारमा क्यानडा पहिलो, नामिबिया दोश्रो र नेपाल तेश्रो स्थानमा छ । क्यानाडालाई हराउन नसके नेपाल डिभिजन टूमै रहने छ । नामिबिया, युएई र केन्यालाई हराएको नेपालले ओमानसँगको खेल ६ विकेटले हारेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 × = 24