नेपालले लियो दोस्रो विकेट

  • 334
  •  
  •  
  •  
  •  
    334
    Shares

काठमाडौं, २ फागुन । नामिबियामा जारी आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू अन्तर्गतको क्यानाडासँगको खेलमा नेपालले दोस्रो विकेट लिएको छ । १३.१ ओभरमा सन्दिप लामिछानेले दोस्रो विकेट लिएका हुन् । यसअघि १२ ओभरको समाप्तिमा बसन्त रेग्मीले नेपालका लागि पहिलो विकेटका लागि लिएका थिए ।

जारी खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले आउँदो महिना हुने विशव कपको छनौटको यात्रा तय गर्न क्यानाडालाई हराउनु पर्ने दबाबमा रहेको छ । अंक तालिकाको तेश्रो स्थानमा रहेको नेपालले शीर्ष दुईमा रहन क्यानाडालाई हराउनु पर्ने दबाबमा परेको हो ।

मंगलबारको खेलमा केन्यालाई ८ विकेटले हराउँदै नामिबिया दोश्रो स्थानमा उक्लिएपछि नेपाल तेश्रोमा झरेको हो ।समान ४ खेल खेल्दै समान ६ अंक बटुले पनि रनरेटका आधारमा क्यानडा पहिलो, नामिबिया दोश्रो र नेपाल तेश्रो स्थानमा छ ।

क्यानाडालाई हराउन नसके नेपाल डिभिजन टूमै रहने छ । नामिबिया, युएई र केन्यालाई हराएको नेपालले ओमानसँगको खेल ६ विकेटले हारेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 × = 60