क्यानाडासँगको खेलमा पनि सन्दिप चम्किँदै

  • 739
  •  
  •  
  •  
  •  
    739
    Shares

काठमाडौं, २ फागुन । नामिबियामा जारी आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू अन्तर्गतको क्यानाडासँगको खेलमा नेपालका सन्दिप लामिछानेले व्यक्तिगत दोस्रो विकेट लिएका छन् ।

१३.१ ओभरमा पहिलो विकेट लिएका लामिछाने १७ ओभरको समाप्तिमा दोस्रो विकेट लिएका हुन् । सन्दिपले दुई विकेट लिएको जारी खेलमा नेपालले तीन विकेट लिएको छ । पहिलो विकेट १२ ओभरको समाप्तिमा बसन्त रेग्मीले लिएका थिए ।

जारी खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले आउँदो महिना हुने विशव कपको छनौटको यात्रा तय गर्न क्यानाडालाई हराउनु पर्ने दबाबमा रहेको छ ।

अंक तालिकाको तेश्रो स्थानमा रहेको नेपालले शीर्ष दुईमा रहन क्यानाडालाई हराउनु पर्ने दबाबमा परेको हो । मंगलबारको खेलमा केन्यालाई ८ विकेटले हराउँदै नामिबिया दोश्रो स्थानमा उक्लिएपछि नेपाल तेश्रोमा झरेको हो ।

समान ४ खेल खेल्दै समान ६ अंक बटुले पनि रनरेटका आधारमा क्यानडा पहिलो, नामिबिया दोश्रो र नेपाल तेश्रो स्थानमा छ । क्यानाडालाई हराउन नसके नेपाल डिभिजन टूमै रहने छ । नामिबिया, युएई र केन्यालाई हराएको नेपालले ओमानसँगको खेल ६ विकेटले हारेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 7 = 14