‘लिलीबिली’को ‘घुम्न जाउँ इन्जिन गाडीमा’ गीत सार्वजनिक

  • 785
  •  
  •  
  •  
  •  
    785
    Shares

काठमाडौं, २ फागुन । आउँदो चैत ३० गते रिलिज मिति तय गरेको चलचित्र ‘लिलीबिली’को दोस्रो गीत ‘घुम्न जाउँ इन्जिन गाडीमा’ सार्वजनिक गरिएको छ । प्रणय दिवसको अवसरमा पारेर सार्वजनिक गरिएको उक्त गीतमा एस डी योगीको स्वर र संगीत रहेको छ । जसमा शब्द सृजना एकतारेमा रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफि रहेको सो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का र जसिता गुरुङको फिचरिङ देखाइएको छ । सुदिप बरालको छायांकन रहेको सो भिडियो स्कटल्याण्डमा खिचिएको हो ।

मिलन चाम्सको निर्देशन रहेको लिलीबिलीमा प्रदीप र जसितासहित प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धुर्व दत्त, रितेस चाम्सलगायत कलाकारको अभिनय रहेको छ ।सो चलचित्रलाई मिलन चाम्स, गोविन्द शाही र सुदीप खड्काले संयुक्त लगानीमा निर्माण गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + = 8