स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. विनोदमान श्रेष्ठ नियुक्त

  • 27
  •  
  •  
  •  
  •  
    27
    Shares

काठमाडौं, २ फागुन । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. विनोदमान श्रेष्ठलाई नियुक्त गरिएको छ ।  विभागको महानिर्देशक आफू भएको दावी गर्दै डा. राजेन्द्र पन्त र डा. तारानाथ पौडेलबीच विवाद भइरहेका बेला स्वास्थ्यमन्त्री दीपक बोहराले मन्त्रीस्तरीय निर्णयबाट श्रेष्ठलाई नियुक्त गरेका हुन्

स्वास्थ्य मन्त्रालयका १२ औं तहका प्रमुख विशेषज्ञ डा. श्रेष्ठलाई विभागको महानिर्देशकको जिम्मेवारी दिइएको हो । यसअघि नियुक्त भएका ११औं तहका डा. पन्त र पौडेलले आफूलाई विभागको महानिर्देशक दाबी गर्दै आएका छन् ।

गएको ३० पुसमा मन्त्री बोहराले विभागका निमित्त महानिर्देशक डा. राजेन्द्र पन्तलाई मन्त्रालय तानेर डा. तारानाथ पौडेललाई महानिर्देशक बनाएका थिए । तर, बोहराको सो निर्णय १८ माघमा सर्वोच्च अदालतले उल्ट्याइदिएपछि दुवैजना आफूलाई नै महानिर्देशक भएको दाबी गर्दै आएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

52 − = 51