नेपालले पायो १९५ रनको चुनौती

  • 442
  •  
  •  
  •  
  •  
    442
    Shares

काठमाडौं, २ फागुन । नामिबियामा जारी आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू अन्तर्गतको अन्तिम खेलमा नेपालले १९५ रनको चुनौती पाएको छ । टस जितेर फिल्डिङ रोजेको नेपाललाई पूरा ५० ओभर खेल्दै ८ विकेट गुमाएर क्यानाडाले १९५ रनको चुनौती दिएको हो ।

क्यानाडाले १९४ रन जोडेको हो । क्यानडाका लागि सर्वाधिक श्रिमन्थ विजेरत्नेले १०३ रनको योगदान दिए ।

क्यानाडालाई सस्तैमा समेट्ने क्रममा वसन्त रेग्मीले ३, सन्दीप लामिछानेले २, शरद भेष्वाकर र करण केसीले एक एक विकेट लिएका थिए ।  नेपालले केहीबेरपछि जवाफी ब्याटिङ गर्दैछ ।

आउँदो महिना हुने विश्व कपको छनौटको यात्रा तय गर्न नेपालले आज क्यानाडालाई हराउनु पर्नेछ । अंक तालिकाको तेश्रो स्थानमा रहेको नेपालले शीर्ष दुईमा रहन क्यानाडालाई हराउनु पर्ने दबाबमा परेको हो ।

मंगलबारको खेलमा केन्यालाई ८ विकेटले हराउँदै नामिबिया दोश्रो स्थानमा उक्लिएपछि नेपाल तेश्रोमा झरेको हो । समान ४ खेल खेल्दै समान ६ अंक बटुले पनि रनरेटका आधारमा क्यानडा पहिलो, नामिबिया दोश्रो र नेपाल तेश्रो स्थानमा छ । क्यानाडालाई हराउन नसके नेपाल डिभिजन टूमै रहने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × = 40