नियमित धनियाँको पानी पिउनुको फाइदाहरु

  • 198
  •  
  •  
  •  
  •  
    198
    Shares

धनियाँलाई स्वादका लागि प्रयोग गरिन्छ । तर, धनियाँले जिब्रोलाई स्वाद दिने मात्र नभई विभिन्न रोगबाट पनि बचाउने काम गर्छ । त्यसका लागि नियमित धनियाँको दाना  भिजाएको पानी पिउने गर्नुपर्छ ।

 

०  धनियाँमा भएको पोटासियम, भिटामिन सी, क्याल्सियम र म्याग्नेसियमले शरीरमा सकारात्मक प्रभाव पार्छ । यसले पेटको समस्याबाट पनि बचाउने काम गर्छ ।

०  नियमित धनियाँको पानी प्रयोग गर्दा कलेजोको समस्याबाट समेत बच्न सकिन्छ । यसमा भएको फाइबर र इसेन्सियल आयलले कलेजोसँग सम्बन्धित रोगबाट बचाउने काम गर्छ ।

०  धनियाँमा डोडेनल भन्ने विशेष तत्व हुन्छ, जसले टाइफाइडको ब्याक्टेरियाबाट बचाउन मद्दत गर्छ ।

०  धनियाँको पानीले शरीरमा गुड कोलेस्ट्रोलको मात्रा बढाउँछ । दैनिक सेवन गर्दा मुटुसम्बन्धी रोगबाट समेत बच्न सकिन्छ ।

०   धनियाँको पानीमा भएको एस्कर्विक एसिड शरीरमा गएपछि एन्टिअक्सिडेन्ट हुन्छ । जसले शरीरको रोगप्रतिरोधी क्षमता बढाउने काम गर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 63 = 64