हिन्दी भाषामा सभामुखको सपथ

  • 334
  •  
  •  
  •  
  •  
    334
    Shares

जनकपुर, २ फागुन । सांसद्हरुले हिन्दी भाषामा सपथ लिएको भन्दै विरोध भइरहेका बेला प्रदेश नम्बर २ का सभामुख सरोजकुमार यादवले पनि हिन्दी भाषामै पद तथा गोपनीयताको सपथ लिएका छन् ।

प्रदेशप्रमुखको कार्यालयमा बुधबार आयोजित सपथ समारोहमा प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले उनलाई सपथ गराएका हुन् । सपथ समारोहमा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत पनि सहभागी थिए ।

यसअघि प्रदेश सांसदहरुले मैथिली र भोजपुरीलाई छाडेर सम्पर्क भाषा हिन्दी भाषामा सपथ लिएको भन्दै विरोध प्रदर्शन भएको थियो । हिन्दी भाषामा सपथ लिएको विरोधमा जनकपुरमा युवाहरुले संघीय समाजवादी फोरम र राजपाका नेताहरुको पुत्लासमेत दहन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

66 ÷ 11 =