केकी अधिकारीको ‘कोहलपुर एक्सप्रेस’को ‘अब मनसँग मन’ गीत सार्वजनिक

  • 294
  •  
  •  
  •  
  •  
    294
    Shares

काठमाडौं, २ फागुन । अभिनेत्री केकी अधिकारीको निर्माता रहेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को ‘अब मनसँग मन’ बोलको गीत सार्वजनिक गरिएको छ । उक्त सार्वजनिक गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको छ भने शब्द र संगीत अर्जुन पोखरेलको रहेको छ ।

आउँदो वैशाख १४ गते रिलिन मिति रहेको सो चलचित्रमा केकी र रीमासँगै प्रियंका कार्की, ऋचा शर्मा, बिनोद न्यौपाने बुद्धि तामाङ, रवीन्द्र झा, कुशाग्र भट्टराईलगायतको अभिनय रहेको छ ।

कोहलपुर एक्सप्रेसलाई विशाल भण्डारीले निर्देशन गरेका छन् ।भद्रबहादुर शाही, देवीलाल न्यौपाने (पण्डित), शिवप्रसाद चौलागाईले कोहलपुर एक्सप्रेसमा लगानी गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

42 + = 52