नदी किनारामा फालिएको एक नवजात शिशुको उद्धार

  • 947
  •  
  •  
  •  
  •  
    947
    Shares

महोत्तरी, २ फागुन (रासस) ः महोत्तरी प्रहरीले आज बिहान नदी किनारामा फालिएको एक नवजात शिशुको उद्धार गरेको छ । सोनमा गाउँपालिका–६ स्थित रुपनी नदीको किनारामा बेवारिसे अवस्थामा फेला परेको सो बालिकालाई स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरेको हो ।

फाइल फोटो

मगरथानादेखि दक्षिणतर्फ गुलरिया टोल जाने बाटोमा एकाबिहानै स्थानीयवासीले शिशु देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीको सहयोगमा शिशुको उद्धार गरी जलेश्वर पठाइएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

34 + = 43