किन चाहियो पूर्वराष्ट्रपतिलाई अर्को गाडी ?

  • 131
  •  
  •  
  •  
  •  
    131
    Shares

काठमाडौं । सरकारले पूर्वराष्ट्रपति डा. रामवरण यादवका लागि ४० लाखमा अर्को नयाँ गाडी किन्ने गृहकार्य अघि बढाएको छ ।

राष्ट्रपति कार्यालयले पूर्वराष्ट्रपति यादवलाई एउटा नयाँ गाडी यसअघि नै उपलब्ध गराएको थियो । तर, उनलाई पुनः अर्को गाडी आवश्यक परेको भन्दै गृहमन्त्रालयले ४० लाखमा स्कोरपियो गाडी खरिद प्रक्रिया अघि बढाएको हो ।

अब पूर्वराष्ट्रपति यादवले दुईवटा गाडी प्रयोग गर्ने भएका छन् । गृह मन्त्रालय सवारी शाखाका उपसचिव यदुनाथ पौडेलले सरकारले पूर्वराष्ट्रपतिलाई थप अर्को एक गाडी दिने निर्णय गरेकाले उनका लागि गाडी खरिद प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

पूर्वराष्ट्रपतिका अतिथि र पाहुना आउँदा कतिपय अवस्थामा ल्याउन र पुर्याउन जानुपर्ने अवस्था भएकाले अर्को गाडी आवश्यक परेको यादवका निजी सचिव किरण पन्थीले जानकारी दिए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

One thought on “किन चाहियो पूर्वराष्ट्रपतिलाई अर्को गाडी ?

  1. यो त आति भो जन्ता भोकै छन नेता पुर्ब रास्ट्रपति पुर्ब मन्त्रीलाई मोज ।अलिकति भगवान सग पनि डराउनु होस …………..पापले बंशनै मासिऐला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

23 + = 28