रियल मड्रिडले पिएसजीलाई हरायो, नेयमार चुक्दा रोनाल्डोले गरे २ गोल

  • 2.8K
  •  
  •  
  •  
  •  
    2.8K
    Shares

काठमाडौं, ३ फागुन । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको प्रि–क्वार्टरफाइनलको पहिलो लेगमा रियल मड्रिडले पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई पराजित गरेको छ ।

घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा रियलले पिएसजीलाई ३–१ गोल अन्तरले हराएको हो । रियालका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।

रियलले पिएसजीको एक गोलको अग्रता उल्ट्याएको हो । खेलको ३३ औं मिनेटमा एड्रिड राबियोटको गोल मार्फत पिएसजीले अग्रता बनाएको थियो । तर पहिलो हाफको अन्तिममा रियलले पेनाल्टीको अवसर पायो ।

जसलाई रोनाल्डोले गोलमा परिणत गर्नै खेल एक एक गोलको बराबरीमा पुर्‍याए । त्यसपछि ८३ औं मिनेटमा पुन रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई दुई एकको अवस्थामा पुर्‍याए । ८६ औं मिनेटमा मर्सेलोले रियालका लागि तेस्रो गोल गरे ।

जितपछि रियालले पहिलो लेगमा दुई गोलको अग्रता बनाएको छ । अब दोस्रो खेल मार्च ६ मा पिएसजीको मैदानमा हुनेछ । पिएसजीमाथि दुई गोल गरेसँगै पोर्चुगिज रोनाल्डोले अर्को किर्तिमान कायम गरेका छन् । पिएसजीसँगको खेलपछि  रोनाल्डोले च्याम्पियन्स लिग फुटबलमा रियलको लागि १०१ औं गोल पुरा गरेका छन् । रोनाल्डो च्याम्पियन्स लिगको इतिहासमा एकै क्लबको लागि सयौं गोल पुरा गर्ने पहिलो खेलाडी समेत भए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 6 = 1