मानेको ह्याट्रिकमा लिभरपुलको रवाफिलो जित, एफसी पोर्टो ५–० ले पराजित

  • 89
  •  
  •  
  •  
  •  
    89
    Shares

काठमाडौं, ३ फागुन । इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा फराकिलो जित निकालेको छ । बुधबार राति भएको पहिलो लेगमा लिभरपुलले पोर्चुगिज क्लब एफसी पोर्टोलाई ५ – ० ले हराएको हो ।

पोर्टोको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन साडियो मानेले ह्याट्रिक गरे । यस्तै रोबर्टो फिर्मिन्हो र मोहमद सलाहले समान एक एक गोल गरे ।

पहिलो हाफको २५ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएको थियो । खेलको २९ औं मिनेटमा सलाहले गोल गरेपछि लिभरपुलले पहिलो हाफमा २ – ० को अग्रता बनायो । योसँगै सलाह एकै सिजन सबै खाले प्रतियोगितामा ३० गोल गर्ने दोस्रो खेलाडी बने । यस अघि लुइस स्वारेजले सन् २०१३ – १४ को सिजन ३१ गोल गरेका थिए ।

पहिलो हाफमा २ – ० ले अघि रहेको पाहुना टोली लिभरपुलले दोस्रो हाफमा ३ गोल गर्दै फराकिलो जित निकाल्यो । खेलको ५३ औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलको अग्रता ३ – ० को बनाए । ६९ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई ४ – ० को अग्रता दिलाए । त्यसपछि खेलको ८५ औं मिनेटमा मानेले व्यक्तिगत तेस्रो गोल गरेर ह्याट्रिक पुरा गर्दा लिभरपुलले ५ – ० को फराकिलो जित निकालेको हो ।

यो जितसँगै लिभरपुल ९ बर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनल नजिक पुगेको छ । दोस्रो लेग लिभरपुलको घरेलु मैदानमा मार्च ६ मा हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 3 = 3